आईजीपीमा खनाललाई नियुक्त गरेपछि सहव्याची खरेल असन्तुष्ट,राजीनामा दिने घोषणा

काठमाडौं,२८ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि सहव्याची रमेश खरेल असन्तुष्ट छन् । उनले राजीनामा दिने घोषणा गरेका छन्।

नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै खरेलले भनेका छन्, ‘आईजीपीमा नियुक्त साथीलाई बधाई दिन चाहान्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरें । बुधबारदेखि बिदा हुँदै छु ।’

उनले भागबण्डाको रुपमा नभइ पद्धति बसाएर निर्णय गरेमा मात्र प्रहरीमा असल संस्कार बस्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here