५ निर्वाचन क्षेत्रको मतगणना सार्वजनिक, कस्को अग्रता कति ?

काठमाडौं,२२ मंसिर–प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका ५ निर्वाचन क्षेत्रको मतगणना सार्वजनिक भएको छ । जसमध्ये एमालेले ४, माओवादी केन्द्रले २, नेपाली कांग्रेस र एक स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

प्रतिनिधिसभाअन्र्तगत मनाङ र मुस्ताङमा एमाले बिजयी भएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा अन्र्तगत पूर्वी रुकुममा बिजय हात पारेको छ । मनाङमा पाल्तेन गुरुङ र मुस्ताङमा प्रेम तुलाचन बिजयी भएका छन् । त्यस्तै पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोका बिजयी भएकी छिन् ।

प्रदेशसभा अन्र्तगत मनाङ क मा कांग्रेसका चिन्त बहादुर घले बिजयी भएका छन् । मनाङकै घरमा स्वतन्त्र उम्मेदवारी दिएका दिपक मनाङ भनिने राजिव गुरुङ बिजयी भएका छन् ।
मुस्ताङका दुवै प्रदेशसभामा एमाले उम्मेदवार बिजयी भएका छन् । मुस्ताङको प्रदेशसभा – क मा एमालेका इन्द्र डादु विष्ट तथा प्रदेश सभा –ख मा एमालेका महेन्द्र प्रसाद थकाली बिजयी भएको छ ।

माओवादी केन्द्रले प्रदेशसभा अन्र्तगत पूर्वी रुकुमको क मा बिजय हात पारेको छ । माओवादी केन्द्र तेज बहादुर ओली त्यहाँ बिजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here