४५ हजार कर्मचारीको समयोजन सम्पन्न

काठमाडौं,१४ फागुन । सरकारले निजामतीतर्फका ४५ हजार कर्मचारीको समयोजन सम्पन्न गरेको छ । मंगलबार साँझसम्ममा ४५ हजार २७१ कर्मचारीको समायोजन सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अब १६ हजार कर्मचारीको मात्रै समयोजन गर्न बाँकी रहेको छ । कृषि, वन, इन्जिनियरिङ र केही तथ्याङ्क सेवाका कर्मचारीको मात्रै सामायोजन बाँकी छ । ६२ हजार निजामति कर्मचारीको समायोजन हुने छन् । मन्त्रालयका अनुसार अब एक हप्ताभित्र समायोजनको काम सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here