३ नं प्रदेशले तोक्यो मन्त्रीदेखि मुख्यमन्त्रीसम्मको तलब–सुविधा,कसको तलब कति ?

k|b]z–# sf] d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no x]6f}F8fdf :yfkgf ul/Psf] k|b]z–# sf] d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no . t:jL/ M s[i0f/fd kl/of/, x]6f}F8f, /f;;

काठमाडौं, २५ चैत ।  प्रदेश ३ को मन्त्रीदेखि मुख्यमन्त्रीसम्मको तलब–सुविधाको विधेयक तयार भएको छ।  संसद् बैठकमा पेश गरिएको विधेयकमा मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन्। सञ्चार लगायतका सुविधा जोड्दा उनले मासिक ७५ हजार रुपैयाँ पाउनेछन्। मुख्यमन्त्रीलाई एउटा आवास पनि दिइने विधेयकमा उल्लेख छ।
विधेयकमा उल्लेख गरिएको प्रस्ताव अनुसार मुख्यमन्त्रीले ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक पाउनेछन् भने सञ्चार खर्च ५ हजार र अतिथि सत्कारका लागि १० हजारका रुपैयाँ पनि दिइने उल्लेख छ।
सुरक्षा प्रयोजनका लागि आवश्यक परे थप एक सवारी साधन समेत उपलब्ध गराउन सकिनेप्रस्तावित विधेयकमा उल्लेख गरिएको छ।

त्यस्तै प्रदेशको मन्त्रीले मासिक ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायक मन्त्रीले ४७ हजार रुपैयाँ पारिश्रमिक पाउने विधेयकमा उल्लेख छ। मन्त्रीहरुले सञ्चार खर्च ३ हजार र अतिथि सत्कारका लागि ५ हजार पाउनेछन्। यो जोड्दा प्रदेश ३ का मन्त्रीले मासिक ६० हजार रुपैयाँ पाउनेछन्।

राज्यमन्त्री र सहायकमन्त्रीले समानरुपमा सञ्चार खर्च २ हजार र अतिथि सत्कारका लागि ३ हजार खर्च पाउनेछन्। यो जोड्दा राज्यमन्त्रीले मासिक ५४ हजार र सहायक मन्त्रीले ५२ हजार रुपैयाँ पाउनेछन्।

प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई आवास सुविधा दिने विधेयकमा उल्लेख छ। निजी घरमा बस्ने मन्त्रीहरुलाई वार्षिक १ लाख ३० हजार, राज्यमन्त्रीलाई १ लाख १० हजार र सहायक मन्त्रीलाई १ लाख घर मर्मत खर्च दिइने विधेयकमा उल्लेख छ।

विधेयक अनुसार मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार पाउनेछन् भने विदेश जाँदा २ सय ५० डलर पाउनेछन्। मन्त्रीले स्वदेशमा २५ सय र विदेशमा २ सय डलर तथा राज्यमन्त्री र सहायक मन्त्रीले स्वदेशमा २ हजार र विदेशमा १ सय ७५ डलर दैनिक भ्रमण भत्ता पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here