२ किलो सुन र चाँदीका भाडा बरामद

कञ्चनपुर,२३ फागुन । कञ्चनपुर प्रहरीले २ किलो सुन बरामद गरेको छ । २ किलो २३२ ग्राम सुन र करीब १० किलो चाँदीका विभिन्न सामग्री सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको सुन चाँदीसहित संलग्न व्यक्तिहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले विशेष सूचनाका आधारमा जिल्लाको लम्कीचुहानगरपालिका– ३   चिसापानी प्रहरी चेक पोष्टमा चेक जाँचको क्रममा धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैँजुले चलाएको बा ११ च ७४१३ नम्बरको कारभित्र सुन र चाँदी फेला पारेको जानकारी  दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here