साउन,१ काठमाडौं–नेपाल राष्ट्र वैकले १० लाख रुपैयाभन्दा वढीको कारोवार नगदमा गर्न रोक लगाएको छ । आज वाट लागु हुने गरि राष्ट्र वैकले यस्तो निर्णय गरेको हो । यसअघि २० लाख रुपैया सम्म नगदमै कारोवार गर्न सक्ने व्यवस्थालाइ परिमार्जन गर्दै राष्ट्र वैकले सो सिमा १० लाखमा झारेको हो । १० लाख भन्दा माथीको कारोवार चेक मार्फत मात्र गर्न सकिने राष्ट्र वैकले जनाएको छ ।
वैक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र वैकले नगद कारोवार शुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ भने एकैदिनमा पटक पटक गरि ५० लाख सम्मको कारोवार गर्नेहरुको विवरण तत्काल केन्द्रिय वैकमा पठाउन भनेको छ ।

