हेर्नुहोस्..नयाँ वान वे, कहाँ कहाँ लागुभयो ? झन्झटिलो भयो नयाँ लाइसेन्स लिने प्रक्रिया !

web

 

काठमाडाैं, १९ असार–सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि लिखित र ट्रायल परीक्षा उत्तीर्ण भएर मात्र पुग्ने छैन । अबदेखि लिखितामा उत्तीर्ण भएपछि ‘ ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवारनेस टेस्ट’ अनिवार्य गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा अनुमतिपत्र प्राप्तिका लागि यो हप्ताबाट नयाँ नियम लागू गरिने जनाएको छ । यसअघि लिखित परीक्षामा उत्तीर्ण भएपछि ‘ट्रायल’ दिन पाउने र त्यसमा पास भएपछि लाइसेन्स दिने ब्यवस्था रहेको थियो ।
अवदेखि ‘रोड टेस्ट’मा असफल भएमा लिखित मात्र नदिई अन्य परीक्षाहरू पनि पुनः दिनुपर्ने छ ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले आइतवार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,‘विकसित देशहरूमा यस्तो व्यवस्था रहेको छ ।’
सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई वैज्ञानिक र दुर्घटना मुक्त बनाउन नेपालमा पनि ‘रोड टेष्ट’ नियम लागू गर्न जरुरी भएको भन्दै उहाँले ‘विश्वका धेरै राष्ट्रहरूको अध्ययन गरेपछि हामीले पनि यो नियम लागू गर्ने तयारी गरेका हाै।
त्यस्तैं, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूलाई एकतर्फी सडक (वान वे) का रूपमा थपिएका छन् । चार पांग्रे तथा दुई पांग्रे सवारीका लागि उपत्यकाका विभिन्न सडकहरूलाई एकतर्फी रुपमा मात्र प्रयोग गर्ने व्यवस्था गरिएको हो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार मैतीदेवी चोकबाट मन्दिरतर्फको सडक, खिचापोखरीबाट एभरेष्ट बैंकतिरको सडक, सातदोबाटोबाट चापागाउँ मोडतिर जाने सडकलाई ‘वान व’े बनाइएको छ ।
त्यस्तैं, स्वयम्भू चोकबाट किमडोल हुँदै छाउनीतर्फको सडक र बाटुलेघरबाट चारखालतर्फको सडक एकतर्फी गरिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय पर्खालको बाटोमा हेवी सवारी साधनको प्रवेश निषेध गरिएको छ ।
राजधानीका विभिन्न सडकमा सवारी साधनहरु दायाँ मोड्न निषेध गरिएको छ । त्रिपुरेश्वरदेखि कालिमाटी सडकसम्मको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न निषेध गरिएको छ ।
माइतिघरदेखि कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा पनि सवारी मोड्न निषेध गरिएको छ । नयाँ बानेश्वरबाट पुरानोबानेश्वर सडक खण्डमा भिमसेनगोला जान निषेध गरिएको छ । कान्तिपथको ज्याठा गल्ली,

कानदेवतास्थान, हनुमानस्थान, इनारमोड, बखुल्डोल, दमकल, छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघाराी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा पनि दायाँ मोड्न निषेध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here