स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली बैंकक जाँदै

काठमाडाैं, २१ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी पुस २६ गते बुधबार बैंकक जादै हुनुहुन्छ ।

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो । तर, चुनावका कारण जान नसक्नुभएका अध्यक्ष ओली पुस २६ देखि ३० सम्मका लागि बैंकक जाने कार्यक्रम तय भएको बताइएको छ ।

यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको एमाले स्रोतले बताएको छ । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गर्नुभएको छ । ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here