भक्तपुर,६ जेठ । रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वस्थ भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो । स्वस्थ रहनका लागि हरेक मानिसले वर्षमा एक पटक कम्तीमा स्वास्थ्य जाँच गराउनुपर्नेमा समस्या भएपछि मात्रै गराउने प्रचलन रहेकाले आफ्नो स्वास्थ्यका बारेमा हरेक मानिस सजग रहनुपर्छ भन्ने चेतना जगाउनका लागि स्वस्थ भक्तपुर अभियान शुरु गरिएको बताउनुभयो ।

