स्वस्थ जनता समृद्धिको आधार: मन्त्री बस्नेत

पोखरा, १६ कात्तिक: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताउनुभएको छ ।

कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उहाँले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो । इम्पावर नेपाल फाउण्डेशनका अध्यक्ष एवं अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रा डा मुरारी सुवेदीले रुपाको स्वास्थ्य, भौतिक विकास, खानेपानी, कृषिलगायत क्षेत्रमा हालसम्म रु चार करोड ५० लाख लगानी भइसकेको र त्यसबाट स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पुगेको बताउनुभयोे ।

उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ पालिकामा रहेका पाँच स्वास्थ्यचौकीमा इम्पावर नेपाल फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा प्रयोगशाला सञ्चालन भएको र आगामी मङसिर महीनाभित्र सबै स्वास्थ्यचौकीमा औषधालयको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको रु दुई करोड ३० लाख आर्थिक सहयोगमा साढे दुई तल्लेसुविधासम्पन्न उक्त भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रा डा सुवेदीलाई गाउँपालिकाको तर्पmबाट सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here