स्थानीय बीउ जोगाउँदै किसान

ललितपुर, २६ असार- काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने साँगाका किसान रामकृष्ण ढकाल समय–समयमा आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली बोकेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पुग्नुहुन्छ ।

आफूसँग भएको कुनै बाली गाउँघरमा कम देखिएपछि उहाँ नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रलाई उपलब्ध गराउनुहुन्छ । बालीमा कुनैखालका रोगले बीउ नै नष्ट हुन सक्छ । बीउ बैंकका रुपमा रहेको केन्द्रमा राखेपछि एक सय वर्षसम्म सुरक्षित हुने ढकालले बताउनुभयो । आफूसँग भएका रैथाने जात पुस्तौँसम्म जोगाउनुपर्छ भन्ने धारणाले उहाँले केन्द्रमा बीउ दिने गर्नुभएको हो ।

यस्तै, दलचोकीका धु्रव सापकोटा पनि स्थानीय जातका बीउ जोगाउनुपर्छ भन्ने धारणा राख्ने किसान हुनुहुन्छ । पहिले शिक्षण पेशामा आबद्ध उहाँ अहिले नेपालको पहिलो बीउ बैंकका रुपमा रहेको दलचोकी बीउ बैंकको अध्यक्ष हुनुहुन्छ ।

बैंकले पैसा जस्तै गरेर बीउ जम्मा गर्ने र चाहिएका समयमा किसानलाई दिने गरेको छ । उहाँले पनि स्थानीयस्तरमा भएका जात कुनै लोप हुन लागे संरक्षणका लागि केन्द्रमा ल्याउने गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here