स्थानीय तहको विज्ञापनमा समावेशी नभएको भन्दै लोक सेवा कार्यालय अघि नै प्रर्दशन

काठमाडौं,२ साउन । समावेशी र समानुपातिकको माग गर्दै केहिदिन देखि चरणबद्ध आन्दोलनमा रहेको आरक्षण बचाउ आन्दोलन समितीले आज लोकसेवा आयोग अघि प्रर्दशन गरेको  छ । स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापनमा समावेशी नभएको भन्दै  अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरिएको थियो ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । ‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडक केहि समय प्रभावित भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् ।  यसअघि सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ । यसअन्तर्गत शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here