सेतीनदीले बगाउँदा तीनजना बेपत्ता

साउन,३ काठमाडौ–पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् । हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् । बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी तीव्र पारिएका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here