सामुदायिक सेवा केन्द्रले “लैंगिक हिंसा तथा मानव बेचबिखनविरुद्ध कार्यक्रम सम्पन्न

नेपालगन्ज-२९ ,बाँके
भिम नेपाली

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको आयोनामा संचालित”लैंगिक हिंसा तथा मानव बेचबिखनविरुद्ध नागरिक सम्बाद कार्यक्रम”नेपालगजको उप-महानगरपालिका वडा नम्बर २० मा प्रमुख अतिथि गोपाल अधिकारी को आतिथ्य तथा शशि स्वारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। सेवा केन्द्रका अध्यक्ष माया गुरुङले कार्यक्रम मा उपस्थित सम्पूर्ण अथिति लाई स्वागत भाषण गर्नु भयो।कार्यक्रम बारे जानकारी समेत गराउनु भएको थियो। कानुनी व्यवस्था बारे अधिवक्ता बसन्त गौतमले जानकारी गराउनुभयो। महिला हिंसाका कारण र समस्याका बारेमा कार्यक्रममा व्याख्या गर्नुभयो। त्यस्तैगरी माइती नेपालका नेपालगन्जका संयोजक केशव कोइरालाले नेपालमा बाट सन् २००१ को डाटा अनुसार दुई लाख पचास हजार महिला भारत र खाडी मुलुकमा गरी बेचबिखनमा परेको बताए। पछिल्लो समय उपकरण तथा मोबाइल र सामाजिक सञ्जाल को माध्यम बाट महिला हिंसा तथा बेचबिखन मा परेको पाइएको छ।यसको लागी समुदाय,नेपाल प्रहरी,नागरिक समाज, स्थानीय जनप्रतिनिधि, शिक्षक लगायत सबैले लैंगिक हिंसा तथा मानव बेचबिखन न्यूनीकणका लागि अहम भुमिका खल्नुपर्ने बतानुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here