सांसद प्रेम सुवालले भनेः गुठी संस्थान खारेज गरौं

काठमाडौं,१२ असार । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गर्नुभयो ।

भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उहाँको भनाई छ ।
अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराउनुभयो । सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here