काठमाडौं, ११ बैशाख– व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । हिजो स्थगित बैठक आज १ बजे बस्ने गरि बोलाईएको छ ।
आजको बैठकमा सरकारले यसअघि संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विद्येयक सदनमा पेस गर्ने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।
संविधान संशोधनको प्रक्रियामा लाग्ने समय बचत गर्न सरकारले पुरानै विद्येयक सदनमा पेस गर्ने र संसदीय प्रक्रियामा हुने संशोधनको समयमा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनबीच भएको सहमतिअनुरुपको परिमार्जन स्विकार गर्ने तयारी गरेको हो ।

