सरकारले नै मनायाे पृथ्वी जयन्ती,राष्ट्रपतिदेखि मन्त्री पुगे सिंहदरबार मूलगेट

काठमाडाैं,२७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएकाे छ । सिंहदरबार मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी हुनुभएकाे थियाे ।

उहाँले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयाे । हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाइँदै आएको छ । सरकारले यस दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेकाे प्रति धेरै विराेधपनि भयाे । राष्ट्रपति सहभागी भएको कार्यक्रम भने सरकारले नै आयोजना गरेको हो ।

आज बिहान आयोजित प्रभातफेरीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी हुनुभएकाे थियाे । प्रज्ञा भवनबाट अघि बढेको प्रभातफेरी सिंहदरवारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर समापन भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग सन्देशमार्फत् पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भन्दै उहाँकाे योगदान नेपाली जनताले कहिल्यै नबिर्सने बतानुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here