सरकारले चुनावी सुरक्षाका विषयमा गम्भीर छलफल गर्दै, मन्त्रीपरिषद बैठकपनि आजै

काठमाडौं,४ मंसिर–आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनको चुनावी प्रचारका समयमा भएको विभिन्न वम आक्रमनका विषयमा आज सरकारले गम्भीर छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पश्चिम नेपालको चुनावी सभाको कार्यक्रम सकाएर काठमाडौं फर्किए लगत्तै विभिन्न छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आज सरकारले चुनावी सुरक्षाका विषयमा छलफल गर्ने भएको भने देशभरीका चुनावी क्षेत्रमा उम्मेदवार लक्षित आक्रमणका घटना नरोकिएपछि सरकारले चुनावको सुरक्षा रणनीति बलियो बनाउने बारेमा छलफल केन्द्रीत हुने छ ।

सुरक्षा निकायका चारै प्रमुखसँग छलफल गरेर सरकारले निर्णय लिने तयारी गरेको छ ।

पहिला सुरक्षा समितिको आकस्मिक बैठक बसेपछि मन्त्रिपरिषद बैठक बस्नेछ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा सुरक्षा रणनीतिका विषयमा छलफल हुनेछ ।

नेपाली सेना सुरक्षामा दिइने भूमिका विषयमा पनि छलफल हुने रक्षा मन्त्री भीमसेनदास प्रधानले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सुरक्षा चुनौती बढ्दै गए सेनालाई मुख्य भूमिका समेत परिचालन गर्न सकिनेछ ।

सेनाले पनि आफुले चुनावमा भएको विस्फोटनका घटनालाई नजिकबाट हेरिरहेको र आबश्यक परे बाहिर निस्किने बताइसकेको छ । मन्त्रिपरिषदको बैठक दिउँसो बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here