डा.केसीको उपचारमा ८ सदस्यीय टोली बन्यो

काठमाडौं,४ माघ। डा.गोविन्द केसीको उपचारका लागि ८ सदस्यीय स्वास्थ्य उपचार टोली बनाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली निर्माण गरिएको हो । उ

पचार टोलीमा डा.प्रमेस सुन्दर श्रेष्ठ, डा.सुर्य देवकोटा, डा.पङ्कज पन्त, डा.रविन नेपाली, नर्सिङ गङ्गा थापा र डा.दिब्या सिङ्ग रहनुभएको छ । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here