सप्तरी घटना सुनियोजितः अध्यक्ष यादव

Upendra Yadav

भक्तपुर, २५ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले योजनाबद्ध ढङ्गले प्रहरी परिचालन गरी सप्तरी घटना घटाएको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जिम्मेवार मन्त्री र नेकपा एमालेका नेताको योजनामै घटना भएको दाबी गर्नुभयो ।

यादवले भन्नुभयो, “लोकतन्त्रमा पार्टीलाई आमसभा गर्न पाउने अधिकार छ । त्यसको विरोध गर्ने अधिकार अरुलाई पनि छ, तर विरोध गरेकै नाममा टाउकामा गोली हान्नु गलत हो ।”

आफ्ना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने एमालेको प्रचार भ्रामक एवम् घटनालाई अन्तै मोड्ने चाल भएको उहाँले बताउनुभयो ।

स्थानीय संरचनाको टुङ्गो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उहाँको भनाइ थियो ।

केन्द्र र प्रदेशको निर्वाचन पछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले मधेसको सहभागिता बिना नै निर्वाचन गर्छौं भन्नु गलत हो भन्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here