सडकमै पुरुषको शव,घोप्टो परेको अबस्थामा फेला पर्यो !

महोत्तरी,१ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका एक पुरुषको शव फेला परेको छ । ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेको प्रहरीले जनाएको छ ।

वीपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै थापा मृत फेला परेको गस्तीमा निस्केको प्रहरीले जनाएको छ ।

शव नजिकै थापाको प्रदेश–०२–००१ प ३०५४ नम्बरको स्कुटर ठीक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । प्रहरीले दुर्घटना या नियोजित भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here