सञ्चारमन्त्रीले भनेः ‘हुलिया हाजिर छ हजुर’

काठमाडौं,११ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ ।

केही दिनअघि सञ्चारमन्त्रीको हुलियाको थाहा भएको भन्दै देखिएका अभिव्यक्तिप्रति अधिवक्ता थापालाई इंगित गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयोः , ‘हुलिया हाजिर छ हजुर’ ।

आज काभ्रेको बनेपामा डाँडापारी सन्देश साप्ताहिकको बार्षिकोत्सवमा बोल्दै मन्त्री बाँस्कोटाले ‘मेरो हुलुया खोजिरहनु भा छ, हुलिया हाजिर छ हजुर, गरिब जनताको समृद्धिका निम्ति, सर्वहारा, भुमिहिनका निम्ती यो ज्यानको हुलिया’ भन्दै हुलिया सार्वजनिक गर्नुभयो । उहाँले सरकारको बदनाम गराउने उदेश्यले स्याल हुइया मच्याउने काम भैरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here