संसद बैठकको आजको एजेन्डा यस्ता

web

काठमाडौं, २३ भदौं– व्यवस्थापिका संसद बैठक आज बस्दैछ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेकालागि बैठक बोलाइएको छ ।
आजको बैठकमा सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिको कार्यलयबाट प्राप्त विद्येयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाउने र व्यवस्थापिका संसद नियमावाली २०७३ को नियम २२ को उपनियम १ बमोजिम स्थान रिक्तताको जानकरी गराउनुहुने छ ।
साथै उपप्रधानमन्त्री एवं संघीय मामीला तथा स्थानिय विकास मन्त्री विजयकुमार गच्छदारले सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको थारु आयोग विद्येयक २०७३, मधेशी आयोग विद्येयक २०७४, मुस्लिम आयोग विद्येयक २०७३ लगायतका विद्येयक छलफल र पारित गरीयोस भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
त्यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधायन समितिको प्रतिवेदन सहितको देवानी संहिता विधेयक २०७१, देवानी संहिता विधेयक २०७४, देवानी कार्यविधि संहिता विधेयक २०७१, देवानी कार्यविधि संहिता विधेयक २०७४, र केही नेपालका कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विद्येयक २०७४ लगायतका विद्येयक छलफल र पारित गरीयोस भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here