संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पुरा, आज संविधान दिवस मनाइंदै

काठमाडौं, ३ असोज–  नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै यो कार्यान्वयनको चरणमा छ ।
दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधानले व्यवस्था गरेअनुरूपनै मुलुकमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी मङ्सिर १० र २१ गतेको मिति तय भएको छ । प्रदेश र संघको चुनाव छ्ट्टा छुट्टै गर्नुपर्ने भए पनि घकिँदो समयका कारण राजनीतिक दल र निर्वाचन आयोग दुवै चुनाव एक्कैपटक गर्न सहमत भएका हुन् ।
यी दुई तहको चुनाव हुने सुनिश्चितता भएसँगै संविधान कार्यान्वयनको अध्याय लगभग पूरा हुने क्रममा छ । संविधानले परिकल्पना गरेअनुसार आगामी माघ ७ भित्र राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको पनि निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना भइरहेको छ । संविधान कार्यान्वयनका लागि चाहिने धेरै कानुन रुपान्तरित संसदले पारित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here