संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्दै

web

काठमाडौं,१६ फागुन– संघीय संसद् सचिवालयले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्ने भएको छ । सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो २ बजे छलफलका लागि दलहरुलाई बोलाएको छ ।
संघीय संसद्को निर्वाचनपछिको पहिलो अधिवेशन भएका कारण दलसँग छलफल गर्न लागिएको हो । दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ ।

प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत लिने काम सकिएपछि सरकारले दिने कार्यव्यापारका आधारमा संसद् बैठकको कार्यसूची तय हुनेछन् ।
दुवै सदनको पहिलो बैठक र त्यसपछिका केही बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल हुने संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

पहिलो बैठकमा राष्ट्रपतिको अधिवेशन आह्वान पत्र पढेर सुनाउने, अन्तरिम कार्य्विधि पारित गर्ने, दलीय आधारमा प्रत्येक दलका एकजनालाई बोल्न समय दिने कार्यसूची संसद् सचिवालयले तयार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here