संगठन विस्तारमा दत्तचित्त भएर लाग्न अध्यक्ष थापाको निर्देशन

काठमाडौं,११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ । भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत ल्याएर सरकार बनाएको प्रसंग सुनाउँदै उहाँले मेहनत गरे आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न कसैले रोक्न नसक्ने बताउनुभयो । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न अब नअल्मलिकन राप्रपाको झण्डामुनी गोलवद्ध हुन सबैमा आग्रह गर्नुभयो ।
सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिल राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको बताउनुभयो ।

आाज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दूरगामी सोचका साथ राप्रपा क्रियाशील रहेकोले पार्टीको उद्देश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन आग्रहसमेत गगर्नुभयो । विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here