श्रमिक दिवसमा प्रधानमन्त्रीले भनेः जीवन धान्न पुग्ने रोजीरोटीको आवश्यक

काठमाडौं,१८ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

श्रमिक दिवसका अवसरमा जारी गरेको सन्देशमा प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय दिनको संज्ञा दिंदै नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको उच्च सम्मान प्रकट गर्नुभएको छ ।

सरकारले श्रमजीवीको हक–अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here