शेर्पा मलमा न्यु इयरको साझ यम बरालको साथमा

काठमाडौँ, २३ चैत्र । चर्चित गायक यम बरालले आगामी चैत्र ३० गते शनिबार साझँ हेडलाइन लाउन्ज एण्ड क्याफेमा २०७५ लाई बिदाई गर्दै नँया बर्ष २०७६लाई स्वागत गर्नेछन ।

दरबारमार्ग स्थित शेर्पा मलको हेडलाइन लाउन्जले नेपालिहरुको नयाँ बर्ष २०७६ को अवसरमा डिजे पार्टी, कन्सर्ट र सेलीब्रेटी होस्टीङको आयोजना गरेको छ ।

चर्चित गायक यम बरालले दर्शकको मन जित्न सफल भएको लोकप्रिय गीत गाउँदै मनोरञ्जन दिनेछन् । कन्सर्टमा चर्चित गाएक यम बराल, पप गायक राजेश राई र दोस्रो नेपाल आइडल टप टेन जश्मि लिम्बु, गायक विनय केसीले आफ्नो प्रस्तुति दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here