शिक्षा मन्त्रीले भनेः डा.केसी सरकारसंग मिलेर काम गर्नुहोस्

काठमाडौं,१७ असारःशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य शिक्षामा गुणस्तरीय सेवा दिन चिकित्सा शिक्षा आयोग आवश्यक भएको बताउनु भएको छ ।

आयोगले स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका विसंगति अन्त्य गर्ने उहाँले बताउनुभयो । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । आयोग स्थापना गरी चिकित्सा शिक्षा नियमनका लागि अत्यावश्यक विषयमा कार्य शुरु गरिएको बताउनुभयो ।

विधेयक आएपछि बन्ने चिकित्सा शिक्षा आयोगले यस क्षेत्रको समग्र विकृति, विसंगति अन्त्य गर्ने उहाँले दाबी गर्नुभयो । शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयकले शक्तिशाली चिकित्सा शिक्षा आयोगको परिकल्पना गरेको भन्दै त्यसमाथि विश्वास गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here