विश्व महिला फुटबलमा नेपालको वरियता दुई स्थान सुधार

काठमाडौं,२७ असार ।  विश्व महिला फुटबलमा नेपालको वरियता दुई स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थानमाथि उक्लदै १०१ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १०३ औं स्थानमा रहेको थियो। एसिया वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल अघि रहेको भारत ५७औं स्थानमा रहेको छ । दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३९ औं र भुटान १५४ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here