“विप्लव बन्द” राजधानीमा सामान्य, अन्य जिल्लामा प्रभाव, शैक्षिक संस्था बन्द, २८ स्थानमा वम

काठमाडौं,१० असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । बिहानै देखी यातायातका साधनहरु चलेका छन् भने बजारहरु पनि खुलै छन् ।

तर राजधानी भन्दा बाहिर जिल्लामा भने बन्दले जनजिवन प्रभावित छ । राजधानी लगायत देशैभरिका शैक्षिक संस्था बन्द छन् । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरु ठुलो मात्रामा राजधानी लगायत देशैभरि परिचालन गरिएको छ ।

गत बिहीबार दिउँसो प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दीमा जिल्ला इन्चार्जको मृत्युभएपछि त्यसको विरोधमा विप्लव माओवादीले बन्दको आह्वान गरेको हो ।

बन्दलाई सफल बनाउन विप्लव माओवादीले विभिन्न स्थानमा ठुलो मात्रमा विस्फोट पद्र्धाथ राखेको पाइएको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका २८ भन्दा बढी स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here