काठमाडौं,४ फागुन– व्यवस्थापिका संसद अन्तरगत विधायन समितीको बैठक बस्दै छ । सिंहदरबार स्थीति समितीको कार्यालयमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ ।
बैठकमा फौजदारी कसुर सम्बन्धी विद्येयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसुची रहेको छ । समितिको बैठकमा अन्य विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।
यसैबीच– व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बैठक पनि आज बस्दै छ । समितीको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा नेपाल पुर्वाधार सम्मेलनको दोस्रो संकरणका बारेमा छलफल हुने छ । बैठकमा विभिन्न निर्माणाधिन आयोजनाका बारेमा पनि छलफल हुने समितिले जनाएको छ ।

