सुरज मेघनाथ /प्रयाग गुप्ता
बाँके महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज का विद्यार्थीहरु अध्यन गरि बिदा पछी घर फर्किने क्रममा नगर बस रोक्न खोज्दा नरोक्ने, विद्यार्थी ले पाउनुपर्ने भडामा सहुलियत नदिने गरेको धेरै दिनदेखिको विद्यार्थी र प्राध्यापक हरुको गुनासो आयपछी विद्यार्थी संगठन अनेरास्ववियु बांके जिल्ला सचिव टेकेन्द्र मल्लले पटक पटक बस समिति तथा ट्राफिक प्रहरिलाई अनुरोध गर्दा पनि समस्या समाधान गर्ने कुनै चासो नदेखाएपछी सचिब मल्ल कै नेतृत्वमा आज दिनको ३ बजे देखि ५ बजे सम्म प्रत्येक नगर बसलाइ रोकि क्याम्पस का भाइबहिनी हरुले रोक्न भनेपछि नरोके, नचढाए वा सार्बजनिक सवारीसाधन उपयोग गर्ने अधिकार हनन गरे कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन।
जिल्ला सचिव मल्लले विद्यार्थीले पाउनुपर्ने भाडामा ४५प्रतिशत सहुलियत छुट नदिए त्यस्तै क्याम्पस देखि गन्तब्य सम्म जानकोलागी विद्यार्थी ले रोक्न हातदिंदा नरोकि सार्बजनिक सवारीसाधन उपयोग गर्नपाउने अधिकार हनन गर्न खोजे नगर बस चालक, सहचालक लाई आइतबारदेखि कडा कारबाहि गर्ने र बस तोडफोड देखि आगजनी सम्म गर्न पछि नपर्ने र उक्त आन्दोलन बाट हुने सम्पुर्ण क्षति को जिम्मेवारी बस समिति , ट्राफिक प्रहरी तथा यातायात ब्यबस्थापन कार्यालय भेरी ले लिनुपर्ने समेत चेतावनी दिएका छन।अन्यथा बस समिति , ट्राफिक प्रहरी र यातायात ब्यबस्थापन कार्यालयले आ आफ्नो स्थान बाट पहल गरि विद्यार्थीहरुलाइ सहज यातायात को ब्यवस्था को लागि पहल गर्न आइतबार दिन को १२ बजेसम्म अल्टिमेटम दिएका छन।

