बारा र पर्सामा रेडक्रस सक्रिय

काठमाडौं,१८ चैत । नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सा जिल्लाहरुमा हावाहुरी प्रतिकार्यका लागि आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ । आज विहान नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको थियो । केन्द्रवाट वारा र पर्सा जिल्लाहरुमा स्वयंसेवक परिचालन तथा तयारी खाना वितरणका लागी सहयोग स्वरुप तत्कालै एकलाख पच्चीस हजार नगद पठाउने निर्णय भएको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो । सहयोगका लागी प्रभावित क्षेत्रहरुमा आवश्कताका आधारमा तालिम प्राप्त जनशक्तिको परिचालन व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here