काठमाडौं,२९ कार्तिक– आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि वाम गठबन्धनले आजदेखि संयुक्त चुनावी सभा गर्दैछ ।
सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको गठबन्धनले जनाएको छ ।
दुवै नेताले आजदेखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उहाँहरुले सम्बोधन गर्नुहुनेछ ।
उहाँका अनुसार आज गोरखा, भोली बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्नुहुनेछ ।

