वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरे-डा शेखर कोइराला

काठमाडौँ, २ असार-नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले दुई तिहाइ बहुमतको आडमा नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस पाल्पा–काठमाडाँै सम्पर्क समितिको तेस्रो अधिवेशन समारोहमा उहाँले अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसको अहिलेको नेतृत्वले जनताको भावना तथा सर्वसत्तावादविरुद्धको अभियानको नेतृत्व गर्न नसक्ने जिकिर गर्दै नेता कोइरालाले पार्टीभित्र शुद्धीकरणको खाँचो औँल्याउनुभयो ।

चित्त दुखाएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्नुपर्छ  युवा नेता गगन थापाले निर्वाचन हारेको कारण नभई लोकतान्त्रिक पद्धति र संविधान कार्यान्वयन अल्झनमा पर्ने हो कि भन्ने विषयले नेपाली काँग्रेस आत्तिएर छटपटाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीति जितेको, चुनाव हारेको अवस्था हो अहिले काँग्रेसको, वर्तमान सरकारले संविधानको पूर्णपालना गरोस्, जनतालाई सेवाप्रवाह राम्रो ढंगले गरोस्, सरकारले राजनीतिक स्थिरता दिएरमात्र हुँदैन, लोकतान्त्रिक संस्कारलाई बलियो बनाओस्, सरकारको त्रुटिपूर्ण सोचले युवा पुस्ता खेर जान्छन् कि, संविधानको पालना हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न र चिन्ता हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here