लागुऔषधसहित ७ जना पक्राउ

काठमाडौँ, १० माघ। उदयपुर र मोरङबाट प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–३, कालीखोला किनारबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नविन राई, ३० वर्षीय मीनबहादुर मगर र सप्तरीका ३६ वर्षीय मनोज मगर रहेका छन् ।

खोला किनारमा शंकास्पद अवस्थामा फेला परेका सबैलाई चेकजाँच गर्दा लुपिजेसिक, फेनारगन र डाइजोल्याब लगायतका लागुऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिकाबाट सुनसरीका १८ वर्षीय पप्पु मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट लुपिजेसिक, फेनारगन, एभिल, डाइजेल्याब र नाइट्रोसनलगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here