लागुऔषधसहित दुई युवा पक्राउ

उदयपुर,२३ चैत । उदयपुरमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्। प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति दुई युवा पक्राउ गरेको हो स.६.प.९३५५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका त्रियुगा नगरपालिका १२ का २३ वर्षीय विष्णु तामाङ र १८ वर्षीय आशीष चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुको साथबाट नोर्फिन १५, डाइजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here