रुकुममा औषधि अभाव

रुकुम, २६ चैत । जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । क्षेत्रिय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा औषधि अभाव चुलिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन् । अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट औषधि चर्को मूलयमा किन्न बाध्य छन् । आजको नागरिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here