राष्ट्रियसभाको गठन गर्न मधेशी गठबन्धनको माग

काठमाडौं,६ पुस– राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको गठन हुनु पर्ने पक्षमा उभिएका छन् ।

वाम गठबन्धनले बहुमतीय मत प्रणालीका आधारमा राष्ट्रिय सभा गठन गर्नु पर्ने अडान लिएका बेला मधेशी गठबन्धन भने सरकारको पक्षमा उभिएको हो ।
उसले तत्काल राष्ट्रपतिले राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत गर्नुपर्नेमा जोड दिएको छ । सो विधेयक व्यवस्थापिका संसदबाट पारित हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को निर्णयका आधारमा अध्यादेशमार्फत राष्ट्रपति समक्ष पेश गर्नुभएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमाथि राजनीतिक सहमति गर्न दलहरुलाई आग्रह गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here