राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, संघीय संसद्‌मा सचिव नियुक्तिको बाटो खुल्यो

काठमाडौं,१३ बैशाख–राष्ट्रपति विद्या भण्डारीले बिहीबार चार अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सिफारिस गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसद्‍का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गरेको यी चार अध्यादेश जारी गरेकी हुन्।

अघिल्लो सरकारले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सिफारिस गरेअनुसार जारी भएको थियो। प्रतिनिधि र राष्ट्रियसभा बैठक बसेको ६० दिनभित्र प्रमाणिकरण गरिसक्नु पर्नेमा सरकारले ढिलाई गरेपछि एक सातापछि निस्कृय हुँदै थियो। एक साताभित्र संसद्‍ नबस्ने भएपछि सरकारले पुन: अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।
संघीय संसद्‍का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश जारी भएसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव नियुक्ति गर्न बाटो खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here