काठमाडौं,९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार भारतको दिल्ली लगिने भएको छ। उनको रोग पहिचानका लागि दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने तयारी गरिएको हो। दुई सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रकविलाई बुधबार साँझ ५ बजे जेट एयरवेजको विमानबाट दिल्ली लगिने पारिवारिक स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर नै रहेकाले नियमित उडानबाटै लैजान लागिएको जनाइएको छ।

