राप्रपामा आज केन्द्रीय सदस्यका लागि मतदान हुदै

काठमाडौं,१० फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आज अन्य पदका लागि मतदान हुने भएको छ ।

राजधानीको भृकपुटी मण्डपमा जारी महाधिवेशनमा आज केन्द्रीय सदस्य लगाएतका पदको लागि मतदान हुने भएको हो।
हिजो अध्यक्षका लागि मतदान भएको थियो ।

पार्टीको अध्यक्षमा कमल थापा अत्यधिक मतले विजयी हुनुभएको छ । उहाँले २ हजार ८ सय ४ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी प्रदीप विक्रम राणाले २ सय ५१ मत प्राप्त गर्नुभयो।
पार्टीको विधानअनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद) का लागि निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता भएको छ । निर्वाचन पछि बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एक जना निर्वाचित हुनेछन् ।
पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी सात, आदिवासी÷जनजाति नौ, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुई जना निर्वाचत हुनेछन् । केन्द्रीय सदस्यकालागि आज बिहानै देखि मतदान सुरु गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here