राज्य व्यवस्था समितिमा संवेदनशील विषयको ऐनमाथि छलफल हुदै

काठमाडौं, २८ भदौं– व्यवस्थापिका–संसद् अन्तरगतको राज्य व्यवस्था समितिको बैठक आजपनि बस्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ ।
बैठकमा ‘यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१’ माथि छलफल हुने छ ।
समितिले उक्त विधेयकमाथि हिजो देखि छलफल सुरुगरेको हो । समितिका सभापति दिलबहादुर घर्तीले संवेदनशील विषयको ऐन भएकाले यसलाई दफावार छलफल गरी अन्तिम रुप दिने बताउनुभयो ।
हिजोको बैठकमा बोल्न बाँकी सांसदले आज विद्येयकमाथि बोल्ने छन् । अधिकांस सांसदहरुले विद्येयकलाई छिटो टुङगाउन सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here