राजधानीको माग गर्दै थालिएको आन्दोलनले डोटी र धनकुटा ठप्प

काठमाडौं २३ पुस – प्रदेश राजधानीको माग गर्दै आजपनि डोटी ठप्प पारिएको छ । बन्दले प्रदेश नं. ७ का ७ पहाडी जिल्लाको आवतजावत अवरुद्ध छ ।

१३ दिनदेखि आन्दोलनरत डोटीबासीले यस अघि दिपायलमा मात्र सडक तथा ब्यापार ठप्प पारी बाजुरा र अछाममा मात्र असर पुर्‍याएकोमा दुई दिन देखि ७ पहाडी जिल्लाको मुख्य नाका बुडरमा बन्द गरेका छन् । आन्दोलनलाई झनै कडा पार्दै लगिएको छ । राजधानी नतोकिदा सम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

धनकुटामा बिहानदेखि पुनः यातायात ठप्प
धनकुटामा हिजो सॉझदेखि खुलेको यातायात आज बिहान ८ बजेदेखि पुनस् बन्द गरिएको छ । केही अत्यावश्यकीय समान ढुवानी गर्नका लागि जिल्लामा हिजो साझ यातायात खुलाईएको थियो ।

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विगत पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ । लगातारको आम हड्तालका कारण त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ । हिजो साँझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । तर बिहान ८ बजेपछिदेखि पुनस् कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात बन्द रहेको छ ।

हिजो साझ बन्द खुलाईएपछि सडकमा रातभर यातायात चलेका थिए । जिल्लास्थित राजनैतिक दलले समेत आमहड्ताललाई पुर्ण समर्थन र सहयोग गर्ने भन्दै आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here