रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरको बाँडफाँट आज

काठमाडौं,१८ चैत– रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयरको बाँडफाँट आज हुने भएको छ ।

रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आज कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिनुभयो ।
दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो ।
यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो । दुवै कम्पनीको साधारण शेयरमा कूल मागको तुलनामा छ गुणा बढी आवेदन परेको छ ।

दुवै कम्पनीमा सञ्चयकर्ताका लागि दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता शेयर छुट्याइएको थियो । ती आवेदनबाट ११ अर्ब संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here