यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने

काठमाडौँ, २३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताउनुभएको छ ।
यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न र छलफल गरेर कानूनी अप्ठ्यारहरु फुकाउन सरकार गम्भीर हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले संविधानले कानूनबाट कसैलाई वञ्चित नगर्ने भएकाले त्यसलाई कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here