काठमाडौं, २२ भदौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग अनुमति लिएरै आफू उत्तर कोरिया भ्रमणमा गएको स्पष्ट पार्नु भएको छ ।
नेता नेपालले कूटनीतिक अज्ञानताका कारण काँग्रेस नेता विमलेन्द्र निधिले आफ्नो उत्तर कोरिया भ्रमणको विरोध गरेको दावी पनि गर्नु भयो । उहाँले उत्तर कोरिया नेपालको कुटनीतिक सम्बन्ध स्थापना भईसकेको मुलुक भएकाले पनि त्यसको भ्रमणमा जान नपाउने कुनै कारण नरहेको तर्क पनि गर्नु भयो ।
आज काठमाडांैमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालको विदेश नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्री भईसकेका निधिले उत्तर कोरिया भ्रमणमा आफू गएको विषयमा आपत्ति जनाएकोमा आश्चर्य पनि प्रकट गर्नु भयो ।

