महिला र बहिष्कृत समूह ऊर्जासम्मको पहुँचबाट वञ्चित

काठमाडौँ, १६ फागुन – नेपालका महिला र बहिष्कृत समूह ऊर्जासम्मको पहुँचबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।

एशियाली विकास बैंक (एडिबी)ले आज सार्वजनिक गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले नेपालका ग्रामीण भेगका महिला आर्थिक रुपमा अत्यन्त असक्षम रहेकाले ऊर्जासम्मको पहुँच सुनिश्चित हुन नसकेको देखाएको छ ।

कैलालीको घोडाघोडी इलाकाका एकल महिला रु एक हजार लागतका सेवा र वस्तु खरिद गर्न असमर्थ रहेका र उनीहरूलाई सामाजिक सुरक्षाअन्तर्गत सामुदायिक सेवा प्रवाह गर्नुपर्ने अवस्थाको यथार्थ चित्रण गरिएको छ ।

गरिबी, लिंगका आधारमा हुने भेदभाव, जातीय, क्षेत्रीय र भौगोलिक अवस्थितिका कारण ऊर्जासम्मको सहज पहुँच हुननसकेको वास्तविकता प्रतिवेदनमा औँल्याइएको छ ।

एडिबीका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले नेपालको सामाजिक–आर्थिक विकासका साथै महिला सशक्तीकरण, उनीहरुको आर्थिक उन्नयन र सवलीकरणमा बैंकले प्राथमिकता दिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here