मदन–आश्रीत घटनाको छानविन प्रक्रिया सुरुहुदैः गृहमन्त्री थापा

काठमाडौं,३ जेठ ।  गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू हुने बताउनुभएको छ ।

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताउनुभयो ।

उहाँले नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ । थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here